बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सबैभन्दा बढी धनुषाबाट वैदेशिक रोजगारीमा

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ ९, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सबैभन्दा बढी धनुषाबाट  वैदेशिक रोजगारीमा
Rampam
3D Education Lahan

जनकपुरधाम - मधेश प्रदेशबाट २ दशकमा वैदेशिक रोजगारीका लागि १५ लाख बढी युवा–युवती विदेश गएका छन् । मधेश प्रदेशबाट आर्थिक वर्ष २०६३/०६४ देखि २०८१/०८२ को मंसिर महिनासम्ममा १५ लाख ७ हजारभन्दा बढी युवा–युवती वैदेशिक रोजगारीमा गएका छन् ।

चालू आर्थिक वर्षको ५ महिनामा पर्साबाट २ हजार ८५२, बाराबाट ५ हजार ६४७, रौतहटबाट ५ हजार ३८६, सर्लाहीबाट ८ हजार ८११, महोत्तरीबाट १२ हजार १२८, धनुषाबाट १७ हजार ३७३, सिरहाबाट १३ हजार ४५३ र सप्तरीबाट ७ हजार ७८६ सहित जम्मा ७३ हजार ४३६ जना वैदेशिक रोजगारीमा गएका छन् ।

५ महिनाको तथ्यांकअनुसार सबैभन्दा बढी धनुषाबाट युवा–युवतीहरू वैदेशिक रोजगारीमा गएका देखिन्छ । दोस्रोमा सिरहा, तेस्रोमा महोत्तरी छन् । नेपालबाट सबैभन्दा बढी युवा–युवती वैदेशिक रोजगारीमा जाने जिल्लामा धनुषा जिल्ला विगत ५ वर्षदेखि पहिलो स्थानमा रहँदै आएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम धनुषाका संयोजक सौरभ कर्णले जानकारी दिए । 

उनका अनुसार आर्थिक वर्ष २०६३/०६४ देखि २०८१/०८२ को मंसिर महिनासम्म धनुषाबाट ३ लाख ५३ हजार ५१५ जना, सिरहाबाट २ लाख ७१ हजार ६६५ जना र महोत्तरीबाट २ लाख ६५ हजार ३४३ जना वैदेशिक रोजगारीमा गएका छन् ।

त्यस्तै, सप्तरीबाट १ लाख ७८ हजार ५८६ जना, सर्लाहीबाट १ लाख ७५ हजार ६३८ जना, रौतहटबाट १ लाख ३ हजार ६१४ जना, बाराबाट ९८ हजार ८५४ जना र सबैभन्दा कम पर्साबाट ५९ हजार ८३० जनासहित कुल १५ लाख ७ हजार ४५ जना युवा–युवती वैदेशिक रोजगारीमा गएका छन् ।

‘मित्र धनुषा’द्वारा वैदेशिक रोजगारीमा जानेलाई सहयोग दिन सामी परियोजना संचालन भइरहेको छ । मित्र धनुषाका कोषाध्यक्ष मञ्जु ठाकुर र सामीका परामर्शदाता उमेशकुमार पासवानले विदेश जाने व्यक्तिहरूलाई पासपोर्ट, भिसा, श्रम स्वीकृति, मेडिकल रिपोर्ट, बीमा, कल्याणकारी कोष, सम्झौतापत्र, अभिमुखीकरण तालिम प्रमाणपत्र, हवाई टिकटसमेत २२ प्रकारका कागजातको फोटो खिचेर आफ्नो मोबाइलमा राख्न र १/१ प्रति कागजात घरमा दिन सुझाव दिएका छन् ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]