बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

गायिका सम्झना लामिछानेसँगै झुम्यो कतारबासी

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ ७, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
गायिका सम्झना लामिछानेसँगै झुम्यो  कतारबासी
Rampam
3D Education Lahan

दोहा : नेपाल मगर संघ, शाखा कतारको आयोजनामा मगरहरूको राष्ट्रिय प्रमुख सांस्कृतिक पर्व" माघ्या सकराटी" (मिनाम सार ल्हेस) ५०१८ भव्य रूपमा मनाइएको छ । 

शुक्रबार कतारको ईन्डियन आईडियल स्कुलको सभाहलमा ´आफ्नै मौलिक भेषभुषामा सजिएका हजारौं मगर सहित विभिन्न जात-जातीका युवा युवती हरुले रमाइलो गर्न कुनै कसुर बाकी राखेनन ।

कार्यक्रमको मुख्य आकर्षकको रुपमा रहेकी अतिथि कलाकार सम्झना लामिछाने मगरले चम्फा चमेली गित गाउदै स्टेजमा निस्किन, हलको माहोल नै सङ्गीत मय बन्यो । दर्शकको हुटिङ सहित वान्स मोरका सब्द गुन्जीरहे । 

गायिका मगरले करिव १ दर्जन गीतमा प्रस्तुति दिइन जस्मा कौडा गित रुमाल धोएर घरमा पराल, देउना रुमाल बैना, फुल फुलेर पहेलै भयो , यसै त डल्ली जस्ता प्रस्तुतिमा हलमा उपस्थित दर्शकले भरपुर्ण मनोरञ्जन लिए । गायिका दुई चरण गरि स्टेजमा प्रस्तुति दिएकि थिइन  

संघका अध्यक्ष रेसम आले मगरको अध्यक्षता र नेपाल आदिबासी जनजाती महासंग कतारका अध्यक्ष डिएन मगरको प्रमुख आथित्यता रहेको कार्यक्रममा एनआरएन एनसीसी कतारका अध्यक्ष रमेश भट्ट,लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख हरुको उपस्थिति रहेको थियो ।

त्यस्तै अन्य कलाकार हरु रेश्मा सेन्चुरि, शिवराम ढकाल,शान्ति ओलि, शुरेश बिसी लगायत आयोजक मगर संघका कलाकार हरुको उत्कृष्ट साङ्गितिक प्रस्तुति रहेको थियो ।

कार्यक्रम संयोजक कुमार राहादी मगरले कार्यक्रमको बारेमा प्रष्ट पारे । बृहत् साँस्कृतिक कार्यक्रममा सघंको मातहतमा रहेका साँस्कृतिक, एरिया बिभाग तथा समितिमा रहेका कलाकारहरुले सालैजो, कौराह, सोरठी, झ्याउरे, हुर्रा, भुम्या तथा अन्य संस्कृति झल्काउने एकल तथा सामुहिक नृत्य पस्केका थिए ।

जनजाती समुदायको परम्परा अनुसार संघलाई नेपाल आदिवासी जनजाती महासंघमा आवद्ध रहेका विभिन्न मातृसंस्थाहरुले एक अर्कामा सदभाव प्रकट गर्दै नेपाल मगर संघ शाखा कतारलाई सगुन स्वरुप (कोशेली) उपहार प्रदानगरेका थिए । कार्यक्रमलाई विभिन्न कोणबाट सहयोग गरेका प्रायोजकहरु कलाकारहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी मगरले आफनो मन्तव्य राख्दै मगरहरुको प्रमुख राष्ट्रिय चाड "माध्या सकराटी" बिगतका बर्षहरुमा भन्दा यो बर्ष अति नै भब्य बनेको आफुले महशुस गरेको बताए । बिश्वको जुनसुकै देशमा गएपनि आफ्नो धर्म सस्कृतीलाई संरक्षण प्रबर्द्धन गर्नुपर्नेमा प्रमुख अतिथि मगरले आफ्नो राय ब्यक्त गरे ।

संघकी उपाध्यक्ष देवी कुमारी मगरले स्वागत मन्तव्य, महिला बिभागकी सचिव रबिना मगर र संघका महासचिव समीर थापा मगरले मिलेर सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति आले मगरले कार्यक्रमलाई भब्यता साथ सम्पन्न गर्न साथ सहयोग गर्नुहुने सबैलाई कृतज्ञत प्रकट गरे । कार्यक्रमको अन्त्यसम्म पनि दर्शकहरुले भरपुर्ण साथ दिएका थिए ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]