शियाराम यादव

दोहा - गैरआवासीय मधेशी संघ कतारको सहयोगमा शनिबार  पुन: एउटा शव नेपाल पठएको छ।

सप्तरीको राजगढ गाउँपालिजा -४ घर भएका स्व. जगरनाथ मण्डलले कतारको अल अरबिया ट्रेडिङ कम्पनीमा कार्यरत थिए। गत जनवरी ७ तारीखको दिन कम्पनीमै काम गरिरहेको बेला दुर्घटनामा परि उनको मृत्यु भएको थियो।

गैर अवासिय मधेसी संघ कतारले नेपाली राजदूतावास कतार साथै अन्य सम्बन्धित निकायहरूसँग समन्वय गर्दै शवलाई प्याकिङ गरी नेपाल पठाउने महत्त्वपूर्ण कार्य गरेको हो। यस कार्यमा संघ कतारका जितेन्द्र कुमारी यादव, नन्द कुमार ठाकुर लगायतका व्यक्तिहरूको विशेष सहयोग शव नेपाल पठाएको हो।