सिरहा - मधेश आन्दोलनका प्रथम सहिद रमेश महतो सहितका सहिदहरूको सालिकमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा संघीय संसद एव  पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले माल्यार्पण गरेका छन् । 

सिरहाको लहान स्थित सहिद चोकमा रहेको सालिकमा यादवले शनिबार बिहान माल्यार्पण गरेका हुन् । उहाँसँगै जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव, सचिव सुरेश मण्डल लगायतका नेताहरूले पनि माल्यार्पण गरे ।

महतो मधेश आन्दोलनका प्रथम सहिद हुन् । आन्दोलनका क्रममा २०६३ माघ ५ गते प्रहरीको गोली लागेर उनको मृत्यु भएको थियो । यससँगै आन्दोलन चर्किएको थियो ।

त्यसयता प्रत्येक वर्ष माघ ५ गतेलाई जसपा नेपाल सहित मधेश केन्द्रित दलहरूले बलिदान दिवसका रूपमा मनाउने गरेको छ ।