घुरन यादव

सप्तरी  - सप्तरीको बोदेबरसाईन नगरपालिकाको -२ स्थित  सत्रुधन माध्यमिक विद्यालयमा चौथो रनिङ्ग सिल्ड प्रतियोगिता खेलको उदघाटन भएको छ।

प्रदेश संसद अनिरूद सिंह यादवको प्रमुख आतिथ्यता रहेको थियो भने बोदे बर्साइन नगरपालिकाका मेयर आतेश सिह यादव विशिस्ट आतिथ्यता रहेको थियो ।

बोदे बर्साईन नगरपालिकाका उप मेयर रेणु साह वाडा नम्बर -२ का वाडअध्यक्ष रामप्रसाद राम  सहित खेलकुद प्रेमी पत्रकार  बुद्धिजीवी समाजसेवीहरुको उपस्थिती रहेको थयो।