रामएकवाल राम

दोहा - नेपाल मगर संघ कतार शाखाको आयोजनामा हुन लागेको माघे संक्रान्तीको सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिन नेपालबाट लोक तथा दोहोरी गायिका सम्झना लामिछने मगर कतार आइपुगेकी छिन ।

१७ जनवरीमा अबु हमुर स्थित आइडिएल इन्डिएन स्कुलमा हुने वनभोज सहितको सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिन लामिछाने बिहिबार बिहान कतार आइपुगेकी हुन् । उनलाई आयोजक मगर संघले कतारको हमाद अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गरेको छ ।

मगरहरुको राष्ट्रिय प्रमुख चाड (माघ्या सकराटी) को अवसरमा‘सम्पूर्ण मगरहरूको एकता अहिलेको आवश्यकता’भन्ने मूल नाराका साथ (मिनाम ल्हेस् ५०१८– २०२५ को अवसरमा आयोजना हुन लागेको कार्यक्रमको तयारी पुरा भएको नेपाल मगर संघ कतारका अध्यक्ष रेशम आले मगरले जानकारी दिनुभयो ।