रामएकवाल राम
दोहा - थारु कल्याणकारिणी सभा कतार च्याप्टरले थारु जातिको आफ्नो पहिचान बोकेको महान् राष्ट्रिय माघी पर्व धुमधामका साथ मनाएका छन।
शुक्रबार आईडल इन्डियन स्कुलको प्रांगणमा संस्थाको अध्यक्ष हरी महतोको सभापतित्वमा सम्पन्न कार्यक्रममा आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डिएन मगरको प्रमुख आतिथ्यता रहेको थियो। माघी पर्व तथा थारु संवत् २६४८ कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख एव प्रतिनिधि, बुद्धिजीवी समाजसेवी तथा नेपालबाट आएका अतिथि कलाकारहरु भर्षटायल गायिका अनु चौधरी, गायक सुनिल चौधरी र नृत्यांगना प्रभा चौधरी लगायत स्थानीय कालाकारहरुको उपस्थितीमा माघी महोत्सव भव्य रुपमा सम्पन्न भएको छ।
व्यानर अनावरण, दिप प्रज्वलन र राष्ट्रिय गानसँगै उद्घाटन गरिएको कार्यक्रमलाई उपाध्यक्ष घनश्याम चौधरीले स्वागत मन्तव्य राखेको थियो। स्वागत मन्तव्य राख्दै उहाँले थारु सम्वत २६४८ को शुभकामना पनि दिएक थिए। कालाकारहरुले थारु सँस्कृती झल्कीने प्रस्तुती थारु भाषाको स्वागत गीत गाएर उपस्थित दर्शकहरुलाई स्वागत गरे ।
कार्यक्रममा थारु परिकार तिलको लड्डु लगायतको भोजनको समेत व्यवस्था थियो । थारु जातीहरुले माघ १ गते देखि पाँच दिनसम्म मनाउने पर्वलाई कतारमा पनी भव्यताका साथ मनाईएको हो । प्रवासमा रहेर थारु कल्याणकारी सभाले आफ्नो सँस्कृतीको जर्गेना गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरेको आर्थिक संयोजक घनश्याम चौधरीले बताए।
थारु समुदायले सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गतेलाई नयाँ बर्ष समेत मान्ने गरेको छ । भुमिपुत्रको रुपमा मानिने जनजाती मध्येका थारुहरुले वार्षिक कार्ययोजनाका तय गर्दै धुमधामका साथ स्नान, दान, एवम खानपिन र रमाईलो गरेर हर्षोउल्लासपुर्वक माघी पर्वलाई माघी महोत्सवका रुपमा मनाउँदै आएको कार्यक्रम संयोजक विरेन्द्र चौधरील्र जानकारी दिए।

















