बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जसपा नेपालद्वारा बलिदानी दिवसको पूर्व तयारी लहानको कुशवाहा सेवा सदनमा सम्पन्न

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ २, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जसपा नेपालद्वारा बलिदानी दिवसको पूर्व तयारी लहानको कुशवाहा सेवा सदनमा सम्पन्न
Rampam
3D Education Lahan

ओम प्रकाश यादव

लहान ०२ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आउदो माघ ५ गते वलिदानी दिवस मनाउने भएका छन्।

पार्टीको केन्द्रीय अध्यक्ष तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री, माननीय उपेन्द्र यादवज्यूको प्रमुख आतिथ्यमा सिरहामा आयोजना गरिने "बलिदानी दिवस" लाई सफल बनाउन लहानमा पार्टीका कार्यकर्तासंग पूर्व तयारी बैठक सम्पन्न भएको छ। लहानस्थित कुश्वाहा धर्मशालामा आयोजित यो बैठक जनता समाजवादी पार्टी नेपाल जिल्ला सवन्य समितिका प्रमुख दिनेश महतोको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा केन्द्रदेखि स्थानीय तहसम्मका नेता, कार्यकर्ताहरू, तथा समाजका अगुवाहरूको उपस्थिति रहेको थियो।

बैठकमा सहभागी नेताहरूले बलिदानी दिवसको महत्त्व र त्यसको सफल आयोजना सम्बन्धी विभिन्न दृष्टिकोण प्रस्तुत गरे। माननीय राजकुमार गुप्ता जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा मधेस प्रदेश सांसद माननीय ललिता दास जनता समाजवादी पार्टी नेपाल केन्द्रीय सदस्य तथा मधेस प्रदेश सांसद बैधनाथ प्रसाद साह: जनता समाजवादी पार्टी नेपाल केन्द्रीय सदस्य शत्रुधन मण्डल: जनता समाजवादी पार्टी नेपाल प्रदेश सदस्य प्रयागलाल यादव: जनता समाजवादी पार्टी नेपाल क्षेत्रीय अध्यक्ष रामचलितर महतो: लहान नगरपालिकाका उपप्रमुख बैठकले बलिदानी दिवसलाई भव्य र स्मरणीय बनाउने लक्ष्यसहित विविध एजेन्डाहरूमा छलफल गर्यो। 

नगर र गाउँ तहसम्मका कार्यकर्ताहरूलाई व्यापक रूपमा परिचालन गरी आम सभामा जनसहभागिता सुनिश्चित गर्ने। बैठकमा मन्तव्य राख्दै, जसपा नेपालका नेताहरूले बलिदानी दिवस मधेस आन्दोलनको ऐतिहासिक संघर्ष र वीर सपूतहरूको योगदानलाई सम्मान गर्ने अवसर भएको बताएका थिए।राजकुमार गुप्ता: “यो दिवसले हाम्रो आन्दोलनको मार्गचित्रलाई पुनः स्थापित गर्नेछ। यसको सफल आयोजना सबैको जिम्मेवारी हो।”ललिता दास: “बलिदानी गर्ने महान् व्यक्तित्वहरूको सम्झनामा यो कार्यक्रमले हाम्रो नयाँ पुस्तालाई प्रेरित गर्नेछ।”दिनेश महतो: “हाम्रो टोलीले बलिदानी दिवसलाई ऐतिहासिक बनाउन कुनै पनि कसर बाँकी राख्ने छैन।”

कार्यक्रमको व्यवस्थापनका लागि सबै सदस्यहरूले आ-आफ्ना जिम्मेवारी बहन गर्ने प्रतिबद्धता जनाए। सहभागीहरूले बलिदानी दिवसलाई केवल एउटा कार्यक्रम मात्र नभई मधेसको अधिकार र स्वाभिमानको प्रतीकका रूपमा सफल बनाउन प्रतिवधता गरे। बलिदानी दिवस जसपाका लागि मात्र नभई मधेसको हक-अधिकारको लडाइँमा जीवन अर्पण गर्ने महान् व्यक्तिहरूप्रति श्रद्धाञ्जली हो। यसले मधेस आन्दोलनको ऐतिहासिक पाटोलाई स्मरण गर्दै नयाँ पुस्तालाई जागरूक बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।कार्यक्रमको समापनमा अध्यक्ष दिनेश महतोले सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी तयारीलाई अझ सशक्त बनाउन आह्वान गरे।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]