काठमाडौँ– स्वघोषित सामाजिक अभियन्ता आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ। गौशाला प्रहरी वृत्तको टोलीले बुधबार दिउँसो उनलाई पक्राउ गरेको हो।
तामाङलाई अभद्र व्यवहारको मुद्दामा पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए। तामाङलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी लिएको थियो।
अभद्र व्यवहार मुद्दाको अनुसन्धान सिलसिलामा तामाङलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ।

















