शियारान यादव

लहान नगरपालिका वडा नं. २३ निवासी श्याम कुमार महतो नेपाल प्रहरी सेवामा कार्यक्षमता र उत्कृष्ट योगदानको आधारमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिसमा परेका छन्।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार, २०८१ साल पौष २९ गते बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका २५ जना प्रहरी उपरीक्षकलाई एसएसपी पदमा सिफारिस गरेको छ। महतोको यो सिफारिसले उहाँको समर्पण र कार्यकुशलतालाई उजागर गरेको छ।महतोले लामो समयदेखि नेपाल प्रहरीमा कार्यरत रहँदै सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, र शान्ति कायम गर्न महत्त्वपूर्ण योगदान दिएका छन्।

उनीप्रतिको यो सम्मानले प्रहरी सेवामा थप प्रेरणा र विश्वास जगाएको छ।स्थानीयवासी र प्रहरी समुदायका लागि महतोको यो प्रगति गौरवको विषय बनेको छ। लहान नगरपालिकाले पनि यो उपलब्धिलाई सम्मानका साथ स्वागत गरेको छ।बढुवासँगै महतोले जिम्मेवारीको नयाँ तहमा अझ प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ। प्रहरी संगठनलाई थप सबल, सक्षम र जनमुखी बनाउन उनका पहलहरू प्रेरणादायक हुनेछन्।

da26e3d1-62b1-49bf-ad66-4463118dd549