उमेश कुमार साह
बोदे बर्साईन : सप्तरीमा पछिल्लो समय चोरीको घटनामा वृद्धि भएको छ । बोदे बर्साईन नगरपालिकामा आइतबार राती घरमा चोरी भएको हो । बोदे बर्साईन नगरपालिका वडा नम्बर ७ फुलहरामा लाखौं मुल्य बराबरको विभिन्न सामाग्री घरबाट चोरी भएको स्थानीयले बताएका छन् ।
वडा नम्बर ७ स्थित फुलहरा टोलका ओम प्रकाश यादवको घरमा चोरी भएका छन् । मध्येरातको समयमा आएको चोरहरुको समुहले ओम प्रकाश यादवको घरबाट लगभग ८ लाख मुल्य बराबरको सामाग्री जस्तै सुनको गहना, १०० किलोग्राम बराबरको चाँदीको गहनालगायत सरसामान गरी ८ लाख बराबरको चोरी भएको पीडितले बताए ।
चोरहरुले घरपरिवारका मानिसहरु सुतेको अवस्थामा अगाडिबाट गेट बन्द गरेर लूटपाट गरेको पीडितले बताए । चोरीको घटना बारे अनुसन्धान भइरहेको तथा खोजतलास गरीरहेको ईलाका प्रहरी कार्यालय बोदे बर्साईनले जनाएको छ । चोरीको घटना दिनप्रतिदिन वृद्धि हुँदा समेत चोरीमा संलग्नहरुलाई नियन्त्रणमा लिन भने प्रहरी असफल भएका छन् ।




















