बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सूर्यदर्शन सहकारी ठगी प्रकरण :रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी

बालासुन्दरी खबर बालासुन्दरी खबर पुस २०, २०८१ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सूर्यदर्शन सहकारी ठगी प्रकरण :रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
Rampam
3D Education Lahan

काठमाण्डौँ—सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी थुनछेक बहसअन्तर्गत शुक्रवारदेखि प्रतिवादीहरूको तर्फबाट बहस हुँदैछ । आज सुरुमा जाहेरवालाहरूको तर्फबाट बाँकी केही बहस भए उनीहरूले इजलासमा आफ्नो कुरा राख्ने र त्यसपछि थुनामा रहेका सातजना प्रतिवादीको तर्फबाट क्रमशः उनीहरूका कानुन व्यवसायीले बहस गर्नेछन् ।

यसअघि मङ्गलवार र बुधवार दुई दिन सरकारी वकिलको कार्यालयका तर्फबाट बहस भएको थियो भने बिहीबार जाहेरवालाका तर्फबाट बहस भएको थियो । एक सय २१ जना जाहेरवालाको तर्फबाट ६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

इजलास अधिकृत गुरुप्रसाद आचार्यका अनुसार जाहेरवाला तर्फबाट बहस गर्नका लागि दुई दर्जन कानुन व्यवसायीले वकालतनामा भरेकोमा उनीहरूमध्ये बिहीबार ६ जनाले बहस गर्दा कार्यालय समय सकिएको थियो ।

उनीहरू ६ जनाले बहस गरेपछि जाहेरीवालाहरूले आफ्नो बहस सकिएको बताएका थिए । तर, जाहेरवालाको तर्फबाट वकालतनामा गरेका एक–दुईजना वकिलले हामीले पनि बहस गर्न पाउनुपर्छ भनेकोमा शुक्रवार इजलासमा न्यायाधीश नीतिज राईले जाहेरीवालाका कानुन व्यवसायीहरूलाई केही राख्न भए समय दिन सक्ने र त्यसपछि प्रतिवादीहरूको तर्फबाट क्रमशः उनीहरूका कानुनी व्यवसायीले बहस शुरु गर्ने आचार्यले जानकारी दिए ।

जाहेरवालाहरूको तर्फबाट बिहीबार वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीसँगै अधिवक्ताहरू युवराज पराजुली, रामचन्द्र गौतम, बिबि विष्ट र हरि कँडेलले बहस गरेका थिए । बहसका क्रममा उनीहरूले मिसिलमा संलग्न कागजातका आधारमा सातैजना कसुरदार देखिएकाले कानुनबमोजिम पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका थिए ।

जाहेरवाला र प्रतिवादी बहस सकिएपछि सरकारी वकिल कार्यालयका तर्फबाट जवाफी बहस गर्नेछन् । त्यसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने वा धरौटी तारेखमा छाड्ने भन्ने फैसला–आदेश न्यायाधीशले सुनाउनेछन् ।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले ४४ जनाका विरुद्ध ७ पुसमा अदालतमा अभियोग पत्र दर्ता गरेपछि ८ पुसबाट सुरु भएको बयान मङ्गलवार सकिएसँगै मङ्गलवारबाटै थुनछेक बहस जारी छ ।

अभियोग पत्र दर्ता भएका ४४ जनामध्ये हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछाने, गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं शेयर धनी पूर्वडिआइजी छविलाल जोशी, जीवी राईको साझेदार एवं सहयोगी लीला पछाई, नेचर हब्र्र्स इन्टरनेसनल प्रालिका सञ्चालक एवं शेयर धनी रामबहादुर खनाल, सूर्यदर्शन सहकारीका पूर्वउपाध्यक्ष मीना गुरुङ, सहकारीकी कोषाध्यक्ष आरती गुरुङ र सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङ हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

सातजनामध्ये लामिछाने, जोशी र खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण, पछाईलाई सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन ०५८ को अभियोग लगाइएको छ भने अन्य तीनजनालाई सहकारीको रकम ठगीको अभियोग लगाइएको छ ।

शुक्रबार प्रतिवादी पूर्वडिआइजी छविलाल जोशीका ६ जना कानुन व्यवसायीले बहस गर्नेछन् भने त्यसपछि रवि लामिछानेका १५ जना कानुन व्यवसायीले बहस गर्नेछन्। लिला पछाईंका तर्फबाट १ जना कानुन व्यवसायीले बहस गर्नेछन् भने बाँकी प्रतिवादीका तर्फबाट २/२ जना कानुन व्यवसायीले बहस गर्नेछन्।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]