बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

रविदास समाज सेवा कतारको प्रथम अधिवेशन सम्पन्न नयाँ नेतृत्वमा पुनः लालबाबु राम

बालासुन्दरी खबर बालासुन्दरी खबर पुस २०, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
रविदास समाज सेवा कतारको प्रथम अधिवेशन सम्पन्न नयाँ नेतृत्वमा पुनः लालबाबु राम
Rampam
3D Education Lahan

तिलु शर्मा पौडेल 

दोहा, कतार : रविदास समाज सेवा कतारको प्रथम अधिवेशन खुला र बन्द गरी दुई चरणमा सम्पन्न भएको छ । सनैयास्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा विविध सांस्कृतिक कार्यक्रम, अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान सहित सम्पन्न अधिवेशनको बन्द सत्रबाट समाजका अध्यक्ष लालबाबु राम पुन: दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् ।

3622efc7-3b36-49ab-8a7f-0818fcc8d2d5 

कार्यसमितिका पदाधिकारीहरूमा उपाध्यक्ष पदमा विनय महरा, महासचिवमा प्रमोद कुमार महरा, सचिवमा रमानान्द राम, सहसचिवमा दुखी राम, कोषाध्यक्षमा लक्ष्मी राम, सहकोषाध्यक्षमा सोमन महरा चयन भएका छन् । कार्यकारी सदस्यहरूमा महेश कुमार महरा, शत्रुधन महरा, पवित्र महरा, श्रीचन महरा, रामएकवाल महरा रहेका छन् । त्यस्तै समितिको संरक्षकमा रामएकवाल राम, प्रमुख सल्लाहकारमा दीपेन्द्र कुमार महरा, सल्लाहकारहरूमा क्रमशः किर्ते महरा, चन्द्रदिप महरा र रामउदगार राम रहेका छन् । 

472178515_10163045316986742_8189295871904385612_n

अधिवेशनको खुला सत्र लालबाबु रामको अध्यक्षता तथा गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अधिवेशनमा बोल्दै प्रमुख अतिथि भट्टले कतारमा नयाँ सामुदायिक संस्था थपिएको बताउँदै नयाँ कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना ज्ञापन गर्दै एनसीसीसँग सहकार्य गर्नका लागि आह्वानसमेत गरेका थिए । 

472084886_10163045314806742_1890809230845287210_n

अधिवेशनमा राम जनम मण्डल, जितेन्द्र पासवान र सन्तोष विश्वकर्माको समूहले स्वागत गीत प्रस्तुत गरेको थियो । कलाकारहरू मनीष कुमार गोस्वामी, ऋतु श्रेष्ठ, लक्ष्मी कार्की, लक्ष्मी गिरी, पन्जाबी गायक महेन्द्रलेसमेत सांगीतीक प्रस्तुति दिएका थिए । अनिल विश्वकर्माले विभिन्न हास्य कलाकारहरूको आवाज निकाल्दै मनोरञ्जन प्रदान गरेका थिए । अधिवेशनमार्फत पत्रकार, कलाकार सामाजिक व्यक्तित्वसहित प्रमुख अतिथिलाई सम्मान गरिएको थियो । 

bc8b2e04-b50d-48c7-ac7e-8a992e98bcf8

कार्यक्रममा कतारमा स्थापित वैचारिक, सामाजिक,  व्यावसायिक, सामुदायिक, साहित्यिक, संघ संस्थाहरूका प्रमुख, प्रतिनिधिहरूसहित समाजका अग्रज तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले दलित समुदायबाट उठेर जातीय विभेदलाई चिर्न सन्त बनेर रविदास जस्तो गरिमामय नाम र सम्मान आर्जन गरेको व्यक्तिको ज्ञानलाई कतारमा समेत अनुसरण गरेकोप्रति प्रशंसा गरे । उनीहरूले रविदासको मुक्तकण्ठले प्रशंसा गर्दै तराईका दलित भनिने रामहरूको समाजमा भएको उपस्थितिलाई सकारात्मक रूपमा लिन आग्रह गरेका थिए । समाजका सचिव राम एकवाल रामले सहजीकरण गरेको अधिवेशनको खुला सत्रको समापन सभाध्यक्ष लालबाबुले गरेका थिए ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]